२४ असार २०८३, बुधबार

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । लगातारको मुसलधारे वर्षाका कारण शनिबार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो । नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापनअनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । राप्ती नदीकोसमेत पानीको सतह बढेकोले नदी किनारका बस्तीहरूमा सजगता अपनाउन र जिल्ला स्थित विपद् व्यवस्थापन टिम तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।