
काठमाडौं, १२ असोज । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ ।
बाढीले यहाँको जनजीवन प्रभावित भएको छ । काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ ।
त्यस्ते, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ ।
बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ ।
उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ । काभ्रेको पनौती क्षेत्रमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ ।









प्रतिक्रिया