१० असार २०८३, बुधबार

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो ।

मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहनु भएका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्नुहने भएको हो । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित हुनु भएको छ । संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । ६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् ।