२१ जेष्ठ २०८३, बिहिबार

सिद्धार्थ बैंकले ल्यायो ‘दशैंको खुशीयाली डबल यसपाली’ अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

यस ‘दशैंको खुशीयाली डबल यसपाली’अन्तर्गत बैंकका ग्राहकहरुले यहि आज असोज ११ गतेदेखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्ड कार्यक्रमअन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ । यस योजनाले ग्राहकहरूकोडिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिनेछ । यस योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।