
काठमाडौं, ११ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ ।
भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्दै लैङ्गिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ ।
मन्त्री राणाले युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल लैङ्गिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको भेटमा बताएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया