२१ जेष्ठ २०८३, बिहिबार

प्योलेस्टिनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ११ असोज । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गर्नुभयो ।

गाजामा मृत्यु हुनेको सङ्ख्या बढिरहे पनि वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताउनुभयो । हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको संख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।

‘यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस् । बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस् । नरसंहार रोक्नुहोस् । इजरायललाई हतियार पठाउन रोक्नुहोस् । यो पागलपन जारी रहन सक्तैन । गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ’, अब्बासले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै भन्नुभयो ।

हमासको अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धका कारण घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक युद्धबाट विस्थापित भएका छन् र धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।

‘अमेरिकामात्र एक्लै खडा भएर भन्योः ‘होइन, युद्ध जारी रहनेछ ।’ उसले भिटो प्रयोग गररे यसो भन्यो’, गाजामा इजरायलको कारवाहीको निन्दा गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्मा बारम्बार प्रयोग गरिएको भिटोलाई उल्लेख गर्दै प्यालेस्टिनी राष्ट्रपति अब्बासले भन्नुभयो, ‘अमेरिकाले उपलब्ध गराएको घातक हतियारहरू प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाहरूको हत्या गर्‍यो ।’

यसबाट इजरायललाई निरन्तर आक्रमणका लागि थप उत्साहित गरेको भन्दै उहाँले इजरायल संयुक्त राष्ट्रसंघमा रहन ‘योग्य छैन’ भन्नुभयो ।

वासिङ्टन इजरायलको सबैभन्दा निकट सहयोगी र समर्थक हो । अमेरिकाले इजरायललाई अर्बौं डलरको सहायता र सैन्य सामग्री आपूर्ति गर्दछ । एएफपी