
काठमाडौं, १० असोज । एनएमबी बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’को घोषणा गरेको छ ।
बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको हो । विद्यार्थीहरुमा अग्रिमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबी बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको बैंकले जनाएको छ ।
विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबी बैंकले लिएको छ ।







प्रतिक्रिया