२७ असार २०८३, शनिबार

‘सिधा कुरा’ विरुद्धको मुद्दाको फैसला आज पनि सुनाइएन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकम विरूद्वको मुद्वाको फैसला आज पनि स्थगित भएको छ ।

सिधाकुराविरूद्व परेको अवहेलना मुद्वाको फैसला सर्वोच्च अदालतले आज पनि नसुनाएको हो । सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशनरप्रसारण गरेको थियो ।

सिधाकुराले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्ट दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसहितको नाम मुछ्दै अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार प्रकाशन/प्रसारण गरेको थियो ।

४०० बढी भ्रष्टाचारका मुद्वा मिलाउने सेटिङ भएको भन्दै अडिओसहिको समाचार सार्वजनिक भएपछि सिधाकुराविरूद्व अवहेलना मुद्वा दायर भएको हो ।