
काठमाडौं, १० असोज । चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीका टीम स्वदेश फिर्ता भएको छ ।
दश दिनको भ्रमणका लागि रास्वपा उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको टोली गत शनिबार चीन भ्रमणमा गएको थियो । तर चीन पुगेलगत्तै नेपालमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको चर्चासँगै भ्रमण छोट्याएर टोली नेपाल फर्किएको हो ।
आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने बताइएको छ ।
भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ हुनुहुन्छ ।
‘यो भ्रमणलाई नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ,’ उपसभापति वाग्लेले भन्नुभयो, ‘हामी पनि घटनाक्रमबारे अवगत थियौँ। यो अप्ठेरो घडीमा पार्टीमाथि प्रहार भएको छ भने एकमतका साथ निर्णय गरेर फर्किएका हौँ।’








प्रतिक्रिया