२१ असार २०८३, आइतबार

भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइयो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक इन्स्पेक्टर बिनु शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।

आर्थिक लेनदेनको आरोपमा उहाँलाई जिम्मेवारीबाट हटाइएको हो । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोप उहाँमाथि छ ।

यसैबीच उहाँमाथि छानबिनका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

यस्तै, प्रहरीले यही घटनामा आर्थिक लेनदेनमा संलग्न रहेका अन्य दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।