३० असार २०८३, मंगलबार

नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिनुभएको छ ।