२६ असार २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको छ ।

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ ।’ कार्यालयको सूचनामा उल्लेख छ ।