१७ असार २०८३, बुधबार

यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी ,लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।