१८ असार २०८३, बिहिबार

युक्रेनको खार्किभमा रुसको आक्रमण : ३ को मृत्यु, ३१ जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरुकाअनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाईडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा आक्रमण भएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताउनुभएको छ । उहाँले यो स्पष्ट छ कि उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू थिए भन्नुभएको छ ।

युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ ।

रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ ।

मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्वीर साझा गर्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।