२४ असार २०८३, बुधबार

प्रचण्ड-मिश्रको भेटमा बाबुरामको टिप्पणी- ‘बिरालो म्याउँ’ गर्‍यो !

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाबुराम-प्रचण्ड/फाइल तस्वीर

काठमाडौं, ९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबीचको हालैको भेटलाई लिएर टिप्पणी गर्नुभएको छ ।

उहाँले प्रचण्ड र मिश्रबीचको भेटलाई ‘बिरालो म्याउँ’ गरेको संज्ञा दिनुभएको छ ।

प्रचण्ड-रवीन्द्र

भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्र बीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याउँ’ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो ।

भट्टराईले थप भन्नुभएको छ कि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी लोकतन्त्र जस्ता उपलब्धिहरू कुनै व्यक्तिको प्रयास वा अदृश्य शक्तिको कृपाले प्राप्त भएका होइनन् । यी उपलब्धिहरू नेपाली जनताको त्याग र संघर्षको परिणाम हुन् ।

भट्टराईले चेतावनी दिँदै थप भन्नुभएको छ, ‘केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !’