३ श्रावण २०८३, आइतबार

पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप, १५ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, ९ असोज । उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादको द्वन्द्वमा कम्तिमा १५ जनाको मृत्यु भएको मङ्गलबार एक स्थानीय अधिकारीले बताउनुभएको छ ।

अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो । गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच झडप भएको थियो ।

‘भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल साम्प्रदायिक झडपमा परिणत भएको छ’, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले बताउनुभयो । शनिबारदेखि भएको झडपमा १५ जनाको मृत्यु भएको उहाँले बताउनुभएको छ ।

आधिकारिक समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस अफ पाकिस्तान’ले झडपमा करिब २० जना घाइते भएको जनाएको छ । पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायका जनजातिबीच लामो समयदेखी विवाद कायम रहेको छ । जुलाईमा उनीहरुबीच भएको पछिल्लो झडपमा ३५ जनाको मृत्यु भएको थियो ।

मुख्यतया सुन्नी मुस्लिम बाहुल्य पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोगेको आरोप लगाएका छन् । एएफपी