२६ असार २०८३, शुक्रबार

वडाध्यक्ष ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ८ असोज । झापाको बुद्वशान्ति गाउँपालिका वडा न–२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिदालिँदै पक्राउ पर्नु भएको छ ।

झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ पर्नु भएको हो । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रमचन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उहाँले घुस रकम अशुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिनुभयो । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ पर्नुभएको हो । अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताउनुभयो । उहाँले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसंधान कार्यालयमा खबर गरिएको जानकारी दिनुभयो ।