२२ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव खरेबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उहाँहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगकाअनुसार भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचार विमर्श भएको थियो ।