५ असार २०८३, शुक्रबार

एमाले ललितपुरको वार्षिक कार्ययोजना पारित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ८ असोज । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सातदोबाटोस्थित पार्टी कार्यालयमा सोमबार सम्पन्न बैठकले आगामी एक वर्षको लागि कार्ययोजना पारित गरेको छ।

एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले वार्षिक कार्ययोजना प्रस्तुत गनुभएको हो । वार्षिक कार्ययोजनाले ललितपुरको राजनीतिक, सामाजिक र आर्थिक समृद्धिका लागि काम गर्नेछ ।

एमाले ललितपुरले वार्षिक योजनामार्फत जनताको विश्वास जित्ने र आगामी निर्वाचनमा ठूलो सफलता हासिल गर्ने लक्ष्य राखेको छ ।

बैठकमा एमाले पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय कमिटी सदस्य तथा ललितपुर ईञ्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय कमिटी सदस्यहरु बाबुराम थापा र रुपनारायण श्रेष्ठ, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, प्रदेश सचिव नवराज सिलवाल, एमाले बागमती प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष बाबुकाजी प्रधानलगायतको उपस्थिति रहेको थियो ।