
काठमाडौं, ७ असोज । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटर्वाता भएको छ । सोमबार जङ्गी अड्डामा सेनापति र राजदूतबीच शिष्टाचार भेटर्वाता भएको हो ।
त्यस्तै, आजै प्रधानसेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच जङ्गी अड्डामा शिष्टाचार भेटर्वाता भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटर्वातामा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।








प्रतिक्रिया