
काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ ।
यस क्याम्पले टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्ज़ा, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि १५ गते सोल्टीमोडमा अवस्थित सिप्रदीको पेसेन्जर भेहिकल (पीभी) सर्विस सेन्टर शाखामा सञ्चालन हुनेछ ।
कम्पनीकाअनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिनेछ ।
यसैगरी, इन्जिन ओभरहल गरेबापत ५ हजार रुपैयाँ नगद फिर्ता (संजीवनी योजनाअन्तर्गत) एवं टप वासिङ निःशुल्क हुनेछ । यी अतिरिक्त ग्राहकहरुले इन्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअपलगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निःशुल्क पाउनेछन् । कम्पनीकाअनुसार इन्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५० हजार किमिको वारेन्टी र दुई पटक निःशुल्क सर्भिसिङ पनि प्राप्त गर्न सकिनेछ । आफ्नो ग्राहकलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लागिएको सिप्रदीले जानकारी दिएको छ ।








प्रतिक्रिया