२५ जेष्ठ २०८३, सोमबार

मेलम्ची खानेपानी आयोजनामा दोषी ठहर भएका चारजनालाई सुनाइयो सजाय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा दोषी ठहर भएका चारजनालाई सजाय सुनाएको छ ।

अदालतले तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरसहित चारजनालाई सजाय सुनाएको हो । अदालतले अध्यक्ष ठाकुरलाई ८ वर्ष एक महिना कैद र दश करोड १० लाख जरिवानाको सजाय सुनाएको हो ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ ।

विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैंया विगो सजाय सुनाएको छ । तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको हो ।