१ श्रावण २०८३, शुक्रबार

माओवादीमा गएका बुढाथोकी पुन: एमालेमै फर्किए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ७ असोज । नेकपा (एमाले) छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएका सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानका नेता नानु बुढाथोकी पुनः एमालेमै फर्किनु भएको छ ।

माओवादी केन्द्र कमलामाई नगर कमिटी उपाध्यक्ष समेत रहेका बुढाथोकी एमालेमै फर्किनु भएको हो । ०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा नं. ९ को वडाअध्यक्ष आकांक्षी रहनु भएका बुढाथोकी टिकट नपाएपछि माओवादीमा प्रवेश गर्नु भएको थियो ।

साँढे दुई वर्षको समय माओवादीमा बिताउनु भएका चौलागाईंले आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताउनुभयो ।

आज एमाले जिल्ला कमिटीले सिन्धुलीमाढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र जिल्ला इन्चार्ज मनोजजंग थापाल लगायत नेताहरुले उहाँलाई अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।