
काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सूचित गर्ने पत्रकारहरु आफ्नाबारे सूसुचित हुन नसकेको बताउनु भएको हो ।
आज हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झक्झक्याउने, जनतालाई सूसुचित गर्ने पेशाले नै आफ्नाबारे सूसुचित गर्न नसकेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ । प्राइभेट स्कुलका शिक्षकहरुले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन् । पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ । आफ्नो अनि परिवारको केही प्रवद्र्धन छैन । दुनियाँलाई सूसुचित गर्ने पत्रकारहरुले आफ्नो लागि सूसुचित गर्न सकेका छैनन् ।’
साथै उहाँले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको धारणा राख्नुभयो । उहाँले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया