
काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी एवम् नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला हुनु भएको छ ।
पार्टी कार्यालय वनस्थलीमा पार्टी सभापति रवि लामिछानेसहित दलका नेताहरू भेला हुनु भएको हो । सरकारले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्ने तयारी गरेपछि रास्वपामा तरंग छाएको छ ।
प्रहरीले लामिछानेलाई पूर्व डीएसपी एवम् गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानपछि पक्राउ गर्ने तयारी गरेको छ । जोशीलाई हिजै पक्राउ गरी पोखरा लगिएको छ ।









प्रतिक्रिया