
पोखरा, ७ असोज । सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की बाहिर उनीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । पीडितहरूले लामिछानेले गोर्खा मिडियामार्फत सहकारीको रकम दुरुपयोग गरेको भन्दै लामिछानेलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न माग गरेका छन् ।
यसैबीच, रास्वपाका नेता तथा कार्यकर्ताहरूले भने लामिछानेको पक्षमा प्रदर्शन गरिरहेका छन् । उनीहरु पनि प्रशासन कार्यालय नजिकै भेला भई लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको गेट नजिकै दुवै पक्षका प्रदर्शनकारीहरू एकैसाथ नाराबाजी गरिरहेका छन् ।









प्रतिक्रिया