३० जेष्ठ २०८३, शनिबार

राप्रपा नेपालको ‘तराई-मधेश राष्ट्रिय सम्मेलन’ असोज १३ देखि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । राप्रपा नेपालको तराई मधेश राष्ट्रिय सम्मेलन पर्साको वीरगञ्जमा हुने भएको छ ।

असोज १३ र १४ गते वीरगञ्जमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिनुभयो । पराजुलीकाअनुसार तराई मधेश क्षेत्रका २२ जिल्लाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा राजनितीकसँगै तराई-मधेश केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष समेटिएको कार्यपत्र पनि प्रस्तुत गरिने कार्यतालिका रहेको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

सम्मेलनले तराई-मधेश राष्ट्रिय सम्मेलन घोषणापत्रसमेत जारी गर्ने बताइएको छ ।