
काठमाडौं, ७ असोज । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिनुभएको छ ।
सोमबार राष्ट्रपति कार्यालयमा उहाँलाई श्रीलंकाका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले शपथ गराउनुभएको हो ।
शनिबार भएको राष्ट्रपति निर्वाचनमा जनता विमुक्ति पेरामुना (जेभीपी)का नेता दिसानायकेले रनिल विक्रमासिंघे, साजिथ प्रेमदासा र नमल राजापाक्षेलाई पराजित गर्नुभएको थियो ।
श्रीलंकामा वामपन्थी नेता दिसानायकेको विजयीसँगै त्यहाँको अर्थतन्त्र ट्रयाकमा आउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया