२३ जेष्ठ २०८३, शनिबार

प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् ।

गएराति भेन्टिलेसन तोडेर ८ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीकाअनुसार ९ जना थुनुवाले भेन्टिलेसन तोडेर भाग्ने प्रयास गरेका थिए । त्यसमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार ८ जनाको अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार फरार भएका थुनुवाहरू मुख्यतया लागुऔषध र अभद्र व्यवहारसम्बन्धी मुद्दामा थुनामा रहेका थिए ।