
काठमाडौं, ७ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
महाशाखाकाअनुसार देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
देशका पहाडी भूभागका थोरै तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।








प्रतिक्रिया