६ असार २०८३, शनिबार

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके विजयी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी हुनुभएको छ । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

दिसानायकेले चर्चित तीन उम्मेदवार रनिल विक्रमासिंघे, साजिथ प्रेमदासा र नमल राजापाक्षेलाई पराजित गर्नुभएको हो ।

जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता दिसानायके राष्ट्रपति निर्वाचनमा राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएको थियो ।

श्रीलंकामा वामपन्थी नेताले राष्ट्रपति पद सम्हाल्न लागेको यो पहिलो पटक हो ।