२९ जेष्ठ २०८३, शुक्रबार

बागमती प्रदेश सभाको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयकाअनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सचिवालयलकाअनुसार बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०, प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल हुनेछ ।