९ असार २०८३, मंगलबार

बेइजिङमा किन रोए मलेसियाका राजा ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बन्नुभएको छ ।

चारदिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभयो ।

भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो । सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

मलेसियाका मन्त्री एन्गा कोरमिङकाअनुसार छोराको उपचारमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बन्नुभएको हो ।

‘शल्यक्रिया सफल भएपनि राजकुमार अझै पूर्ण रूपमा स्वस्थ हुन सक्नुभएको छैन ।’ मन्त्री कोरमिङले अखबार द स्टारलाई भन्नुभयो, ‘सोही विषयमा कुरा हुँदा राजाले आँसु थाम्न सक्नुभएन ।’

राजा सुल्तानको भावुक प्रतिक्रियाले चीनको चिकित्सा सहायताप्रति मलेसियाको आभार र दुई देशबीचको गहिरो सम्बन्धलाई उजागर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।