१४ असार २०८३, आइतबार

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम गर्दै समाजवादी मोर्चा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । समाजवादी मोर्चा नेपालले देशभरका सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।

मोर्चाका नेता प्रमेश हमालकाअनुसार मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण दिइनेछ ।

नेकपा (एकीकृत समाजवादी)का नेता हमालले यी कार्यक्रमहरू छिट्टै सुरु हुने बताउनुभयो । मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले प्रशिक्षण दिने तय भएको उहाँले बताउनुभयो ।