
काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई तोकेको छ ।
कार्यवाहक प्रवक्ता मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म देशबाहिर रहने भएकाले पार्टी केन्द्रीय समिति सदस्य कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ ।








प्रतिक्रिया