
काठमाडौं, ६ असोज । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना रुसी महासंघको पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उहाँ शनिबार साँझ स्वदेश फर्कनुभएको हो ।
रुसी महासंघ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो । उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो । फोरममा सहभागी हुन उहाँ असोज १ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।








प्रतिक्रिया