
काठमाडौं, ५ असोज । भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ ।
केजरीवाल सरकारमा शिक्षामन्त्री रहनुभएकी आतिशी मार्लेनाले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावत मन्त्री बन्नुभएको छ ।
कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहनुभएका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गर्नुभएको थियो ।
४३ वर्षीया आतिशी केजरीवालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहनुभएको थियो । उहाँलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उहाँलाई दिने गरिन्छ ।









प्रतिक्रिया