
काठमाडौं, ५ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको बताउनुभएको छ ।
२५औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि लगातार अहिलेसम्म महत्वपूर्ण क्षेत्र शिक्षामा बढी योगदान पुर्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि सक्रिय रुपमा चलिरहेको छ । यसले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको छ । राष्ट्रिय जिवनका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरु गरिरहेको छ । महत्वपूर्ण क्षेत्र शिक्षा, स्वास्थ्यमा बढी योगदान पुर्याएको छ । कला साहित्यको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ साथै, उहाँले मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय भावना, सामाजिक सद्भाव, एकता, सहिष्णुता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाएको बताउनुभयो । उहाँले थोरै स्रोत साधनमा पनि यस्तो काम गर्नु एउटा संघर्षशील भएको बताउनुभयो ।








प्रतिक्रिया