२२ असार २०८३, सोमबार

एमालेका ६३० जना युवा पार्टी सदस्यहरुले लिए शपथ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा (एमाले)को युवा विद्यार्थी विशेष जिल्ला कमिटीले एक कार्यक्रमकाबीच ६३० जना नयाँ पार्टी सदस्यहरुलाई शपथग्रहण गराएको छ ।

शनिबार युवा विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखिकरण तथा शपथग्रहण कार्यक्रममा उनीहरुलाई कार्यवाहक पार्टी अध्यक्ष ईश्वर पोखरेलले शपथ गराउनुभएको हो ।

प्रमुख अतिथि कार्यवाहक पार्टी अध्यक्ष पोखरेलले समाज र देश भ्रममा होइन यथार्थमा चल्ने बताउनुभयो । उहाँले अबको देशको नेतृत्व सचेत युवाको साथ लिएर एमालेले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको देशको नेतृत्व सचेत युवाको साथ लिएर एमालेले गर्छ । एमालेको नेतृत्वले देशको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउन सक्छ ।’ पोखरेलले नयाँ पुस्तामा पार्टीलाई पुर्‍याउने अभियान देशभरि सञ्चालन भएको जानकारी बताउनुभयो ।

एकदिवसीय अभिमुखीकरण कार्यक्रममा विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेल, संगठन विभागका सचिव माधव ढुंगेल र प्रदेश अध्यक्ष प्रेमकुमार पराजुलीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कार्यवाहक पार्टी अध्यक्ष पोखरेललगायतका अतिथिहरुले युवा विद्यार्थीको असोज १७ र १८ गते काठमाडौंमा हुने जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगो र नारा सार्वजनिक गर्नुभएको थियो । अधिवेशनको नारा ‘स्वदेशी उत्पादन र औद्योगीकरण राष्ट्रिय पुँजीको सार, सुदृढ संगठन र युवा विद्यार्थी परिचालन समाजवादको आधार ।’ तय गरिएको छ ।

जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रकाश भुजेलले सञ्चालन गर्नुभएको थियो ।