२३ जेष्ठ २०८३, शनिबार

नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : राजेश हमाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । महानायक राजेश हमालले सूचना, प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तव्य रहेकाले नेपाली युवाहरुलाई स्वविवेकले छनोट गर्न सुझाउनुभयो ।

उहाँले नेपाली युवाहरुका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तव्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरुका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताउनुभयो । उहाँले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताउनुभयो ।

‘विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ । आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन् । आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन । यद्यपि, पछिल्लो समय क्यानाडा धेरै नेपालीहरुको उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको दुईमत छैन ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रवन्ध निर्देशक धिरज कँडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाहरुको रोजाइमा रहेको बताउनुभयो । उहाँले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देश बाहिर आएपनि सार्वजनिक भएजस्तो समस्या नभएको बताउनुभयो ।