२३ असार २०८३, मंगलबार

जलवायु वित्तको भुक्तानी माग गर्दै जनमार्च (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । जलवायु परिवर्तन र त्यसबाट परेको असरको न्याय माग गर्दै ललितपुरको जावलाखेल ‘जलवायु जन मार्च २०८१’ गरिएको छ । विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन् ।

ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आह्वान जनमार्च गरिएको हो । र्‍याली जावलाखेल चोक, दमकल चोक, ललितपुर महानगर कार्यालय परिसर हुँदै पाटन दरबार क्षेत्रमा पुगेको थियो ।

विश्वभरका औद्योगिक राष्ट्रलाई जलवायु वित्त भुक्तानीका लागि दबाब दिन जनस्तरबाट मार्च गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

आगामी मंसिरमा अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा जलवायु वित्तको मुद्दामा ठोस् निर्णय हुने अपेक्षा गरिएको आयोजकहरुको विश्वास छ ।