१५ असार २०८३, सोमबार

रवि लामिछानेले बिना लगानी शेयर लिनु भ्रष्टाचार हो : शंकर पोखरेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उहाँले भ्रष्टाचार गरेको दाबी गर्नुभयो । ‘गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् ।’ पोखरेलले भन्नुभयो ‘बिना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताउनुभयो । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएको भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गर्नुभयो ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी हो ।’ उहाँले भन्नुभयो, ‘रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।’