१८ असार २०८३, बिहिबार

हेटौंडामा ग्यास बुलेटले ठक्कर दिँदा एक जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा-१ गोरक्षेश्वर मन्दिर अगाडि ग्यास बुलेटले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

गएराति हेटौंडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको साइकललाई ग्यास बुलेटले ठक्कर दिदाँ साइकल यात्री भक्तपुर सुडाल घर भई हेटौंडा-११ थानाभर्‍याङ बस्ने अन्दाजी ६० वर्षीय रमेश पाण्डे गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि हेडौंडा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने एनएल-०१-एल-९०२६ नम्बरको ग्यास बुलेट र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।