२८ जेष्ठ २०८३, बिहिबार

लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मनायो १८औं स्थापना दिवस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आफ्नो १८औं स्थापना दिवस भव्यरूपमा मनाएको छ । महासंघ १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको हो ।

शुक्रबार काठमाडौंमा स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मन्त्री गुरुङले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै महासंघको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आदिवासी जनजाति समुदायको उत्थानका लागि महासंघले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरबहादुर तामाङ र थममाया थापा मगरलगायतका नेताहरूको विशेष आतिथ्यता रहेको रहेको थियो । उहाँहरुले महासंघको कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिँदै पार्टीको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष पासाङ शेर्पाले महासंघको १८ वर्षको यात्रामा हासिल गरिएका उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनमा आदिवासी जनजाति समुदायको हक, हित र अधिकारको संरक्षण र सम्वर्द्धनका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।