८ असार २०८३, सोमबार

ब्रिटिस कलेजका निर्देशक महेन्द्रराज कँडेल ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’बाट सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेसन लिडरसिप अवार्डबाट सम्मानित हुनुभएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२४’अन्तर्गत ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको हो । शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमासमेत योगदान पुर्‍याउँदै आउनुभएका निर्देशक कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको कुशल नेतृत्वका कारण ब्रिटिस कलेज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएकोले अवार्डबाट सम्मानित हुनुभएको बताइएको छ ।

‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ अवार्डबाट सम्मानित हुनुभएपछि प्रतिक्रिया दिँदै निर्देशक कँडेलले भन्नुभयो, ‘यो मेरो मात्र एकल उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक योगदानको लागि गरेको गरेको मेहनतको नतिजा हो ।’

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो । चुनौतीपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई यसवर्ष पनि अवार्ड प्रदान गरिएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप तथा ब्रिटिस कलेज परिवारले कार्यकारी निर्देशक महेन्द्र राज कँडेललाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको यस उपलब्धिमा गर्व गरेको छ । कलेजले उहाँको दूरदर्शी नेतृत्वले संस्थाको दायरलाई अझै फराकिलो बनाउँदै लैजाने र नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।