
काठमाडौं, ४ भदौ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको यात्रामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले जहाजमा रहनुभएका यात्रुहरूसँग भलाकुसारी गर्नुभएको छ ।
काठमाडौंबाट कतारको दोहा जाने क्रममा उहाँले जहाजका यात्रुहरूसँग भलाकुसारी गर्नुभएको हो । उहाँले यात्रुहरूको सीटमै पुगेर कुराकानी गर्नुभएको थियो।
यात्रुसँग भलाकुसारीका लागि नेकपा (एमाले) का उपमहासचिव समेत रहनुभएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सहजीकरण गर्नुभएको थियो ।











प्रतिक्रिया