४ असार २०८३, बिहिबार

प्रचण्ड भन्छन्- नेपालमा ७ प्रदेशले पुगेन १४ वटा हुनुपर्छ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा १४ वटा प्रदेश हुनुपर्ने बताउनुभएको छ ।

एक टेलिभिजनसँगको अन्तवार्तामा प्रचण्डले देशमा ७ हैन १४ वटा प्रदेश हुनुपर्ने बताउनुभएको हो ।

पत्रकार ऋषि धमलाले ‘प्रदेश सरकारलाई हेर्दाखेरी कुरुप देखियो क्या, एउटा प्रदेशमा १८ जना मन्त्री, १४ जना मन्त्री हाम्रो देशलाई ७ वटा प्रदेश चाहिन्छ ? ७ जना मुख्यमन्त्री चाहिन्छ ? प्रचण्डजी’ भन्ने प्रश्नमा प्रचण्डले ७ वटाभन्दा बढी प्रदेश चाहिन्छ, १४ वटा प्रदेश हुनुपर्छ भन्नुभयो ।

धमलाले ‘अझै पनि १४ वटा प्रदेश ! ७ वटा प्रदेश त धान्न सक्या छैन् देशले, कहाँबाट तलब ल्याएर खुवाउने ? ती जनताका प्रतिनिधिहरुलाई ।’ भन्ने प्रश्नमा प्रचण्डले यसअघि देशले १४ अञ्चल धान्न सक्ने १४ प्रदेश धान्न किन नसक्नेसमेत टिप्पणी गर्नुभयो ।

प्रचण्डले संविधान राम्रोसँग कार्यान्वयन गर्ने हो भने त्यसैले विकास, निर्माण गर्छ र देश अगाडि जाने उल्लेख गर्नुभयो ।