६ असार २०८३, शनिबार

‘नेशनल डे’ को कन्सर्टमा प्रधानमन्त्री ओली पुग्दा… (तस्वीरहरू)

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुग्नुभएको हो । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।

सुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीकाबीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद !’- भन्नुभयो ।

कन्सर्टमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, एमाले उपाध्यक्ष, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव एवम् प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, उद्योगमन्त्री दामोदर भण्डारी लगायत पनि सहभागी हुनुहुन्थ्यो ।