३ श्रावण २०८३, आइतबार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकल बेलदमारमा दुर्घटना हुँदा चालक २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँहरुलाई प्रहरीले लमही अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकले उहाँहरुको मृत्यु भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।