१८ असार २०८३, बिहिबार

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ ।

क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. राणा क्यानाडा पुग्नुभएको हो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूतावास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गर्नुभएको थियो । उहाँले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै क्यानाडालाई नेपालमा दूतावास स्थापना गर्न अनुरोध गर्नुभएको थियो ।

क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताउँदै नेपालमा दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।